गर्मी अत्यधिक बढेपछी पूर्वी चितवनका ३ पालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय

June 1, 2023 5:51 pm

रत्ननगर, जेठ १८ ।
अत्यधिक गर्मीका कारण पूर्वी चितवनका तिन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । रत्ननगर,खैरहनी र राप्ती नगरपालिकाले बिहीबार सुचना जारी गर्दै ६ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् । तिनै पालिकाले सुचना जारी गर्दै जेठ २१ गते देखी २४ गतेसम्म सामुदायिक र सस्थागत विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको हो । तिनै पालिकाले विद्यालयले प्रयोग गर्न पाउने स्थानिय बिदाबाट कटौती हुने गरी जेठ १९ गते पनि बिदा दिने निर्णय गरेको सुचनामा उल्लेख गरिएको छ । विद्यालयले दिएको सुझाबको आधारमा पालिकाले पठन पाठन बन्द गर्ने निर्णय गरेको हो । केही दिन यता चितवन सहित देशभर गर्मी बढेको छ ।