जुटपानी खानेपानीका नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण

June 1, 2023 11:02 am

कालिका, जेठ १८ ।
पूर्वी चितवनका कालिका नगरपालिकामा रहेकाे जुटपानी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाका नव निर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण गराइएकाे छ । निर्वाचन समितिले विहीबार एक आेपचारिक कार्यक्रमकाे आयाेजना गरि हाेमबहादुर गुरुङकाे नेतृत्वमा निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगनम समितिलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

कार्यक्रममा निर्वाचित समितिका संयाेजक लालुप्रसाद दाहालले पद तथा गाेपनियताकाे सपथग्रहण तथा कालिकाका मेयर विनाेद रेग्मी र उपमेयर विमला तामाङले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । जेठ १३ गते भएकाे निर्वाचनबाट दाेस्राे कार्यकालका लागि अध्यक्षमा हाेमबहादुर गुरुङ, उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, सचिवमा सन्ताेष भण्डारी, सहसचिवमा वसुन्धरा न्याैपाने र काेषाध्यक्षमा रिता भट्ट पाठक सहित वडासंयाेजक, लेखा समिति र अनुगमन समिति पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।

साे अबसरमा मेयर विनाेद रेग्मीले खानेपानीकाे पाईपलाईन विस्तार गर्दा विकास निर्माणमा असर परेकाे भन्दै स्थानीय सरकारसंग सहकार्य गर्न आग्रह गरे । नवनिर्वाचित अध्यक्ष गुरुङले खानेपानीकाे भाैतिकपूर्वाधार निर्माण र खानेपानी सुरक्षाकाे विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

कार्यक्रममा उपमेयर विमला तामाङ, वडाध्यक्ष लक्ष्मण पाैडेल, सन्तवीर स्याङ्तान, कांग्रेसका नगर सभापति दिब्यश्वर केसी,एमालेका नगर अध्यक्ष केशब लामा, संस्थाका कानुनी सल्लहाका रामचन्द्र देवकाेटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा निवर्तमान काेषाध्यक्ष गाेमा तिमिल्सिना तथा सहसचिव सुमित्रा अधिकारीले अध्यक्ष गुरुङलाई माईनुट हस्तान्तरण गरेका थिए । निर्वाचन समितिका सदस्य राजन रेग्मीले सञ्चालन गरेकाे साे कार्यक्रममा सदस्य दुर्गा रायमाझीले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रम निर्वाचन समितिका संयाेजक लालुप्रसाद दाहालकाे अध्यक्षतामा भएकाे थियाे ।