बजार बिक्री प्रतिनिधी संघको रक्तदान : ७२ युनिट रगत संकलन

June 1, 2023 8:26 am

जेठ,१८
नेपाल बजार बिक्रि प्रतिनिधी संघको २३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन गरिएको छ । संघको नारायणी क्षेत्रीय इकाइका शाखाहरुमा बुधबार गरिएको रक्तदानमा ७२ जनाले रक्तदान गरेका हुन् । नेपालमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको रक्तदान कार्यक्रम नारायणी इकाई संगै देशभरका अन्य इकाइमा पनि गरिएको कार्यक्रम संयोजक गणेश अर्यालले बताए । देशभरका इकाइमा गरिएको रक्तदान कार्यक्रममा ५०० जना भन्दा बढीले रक्तदान गरेको संघका संगठन सचिव रमेश नेपालले जानकारी दिए । संघले रक्तदान कार्यक्रम संगै स्थापना दिवसकै अवसरमा सरसफाई, सहयोग सामग्री हस्तान्तरण लगायतको कार्यक्रम पनि गरेको संगठनको नारायणी क्षेत्रीय इकाइका अध्यक्ष सबिन लामिछानेले जानकारी दिए ।