बजार बिक्री प्रतिनिधी संघ स्थापना दिवस : आज देशैभर रक्तदान

May 31, 2023 7:27 am

रत्ननगर, जेठ १७ ।
नेपाल बजार बिक्रि प्रतिनिधी संघको २३ औं स्थापना दिवसको अवसरमा आज देशैभर रक्तदान कार्यक्रम गरिदै छ । हाल नेपाल मा देखिएको रगत अभावलाई मध्यनजर गर्दै संघले आज बुधबार रक्तदान गर्न लागेको संघका संगठन सचिव रमेश नेपालले बताए । संघको देशैभर रहेको शाखा मार्फत रक्तदान कार्यक्रम संगै सरसफाई, सहयोग सामग्री हस्तान्तरण लगायतको कार्यक्रम पनि आजै गरिने संगठन सचिव नेपालले जानकारी दिए । देशैभर विहानैदेखी रक्तदान कार्यक्रम हुने नेपालले बताए ।