रोयल जिमलाई हराउँदै रामपुर रड्सले जित्यो रत्ननगर कप फुटबलको उपाधि

May 28, 2023 7:48 pm

रत्ननगर । रत्ननगरको टिकौली चौरमा आयोजना गरिएको प्रथम रत्ननगर कप फुटबल प्रतियोगिताको उपाधि रामपुर रड्सले जितेको छ । आइतबार भएको फाइनल खेलमा रोयल जीमलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै रामपुर रड्सले उपाधि जितेको हो ।

रामपुरलाई जिताउन शान्ताबहादुर गुरुङले निर्णायक गोल गरेका थिए । उपाधि जितेको रामपुरले २ लाख २२ हजार २ सय २२ रासीको पुरस्कार र उपविजेता बनेको रोयल जीमले १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सबै भन्दा बढी गोलकर्ताको रुपमा रामपुरका शान्तबहादुर गुरुङ, उत्कृष्ट खेलाडीको रुपमा जितेस गुरुङ, उत्कृष्ट गोलरक्षकको रुपमा अरुण तामाङ, उदयमान खेलाडीको रुपमा प्रवेश धमला,म्यान अफ दी म्याच विकी राई घोषित भएका छन् । जेठ एक गतेबाट सुरु भएको सो प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला इन्चार्ज देवी ज्ञवाली,जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने,रत्ननगरका उपमेयर यादबप्रसाद पाठकले सयुक्त रुपमा उपाधि हस्तान्तरण गरेका थिए । राष्ट्रिय युवा संघको स्थापना दिबसको अबसर पारेर जिल्लामा खेलकुदको विकास तथा खेलकुदका माध्यमबाट पर्यटन प्रर्बद्धन गर्न प्रतियोगिता आयोजना गरिएको नगर कमिटी अध्यक्ष पन्तले बताए ।