रत्ननगर कप फुटबल : रामपुर राेडर्स फाईनलमा प्रवेश

May 26, 2023 6:52 pm

रत्ननगर । रत्ननगरकाे टिकौली चौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियाेगितामा रामपुर राेडर्स फाईनलमा प्रवेश गरेकाे छ । शुक्रवार भएकाे दाेस्राे सेमिफाइनलमा भरतपुर ९ लाई २ का विरुद्ध ३ गाेल अन्तरले पराजित गर्दै रामपुर राेडर्स फाईनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका रामपुरका विकी राई म्यान अफ दी म्याच घाेषित भएका छन् । जेठ १४ गते उपाधिका लागि रामपुर राेडर्स र राेयल जीम बीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फाईनल खेल दिउसाे २ बजेबाट सुरु हुने आयाेजकले जनाएकाे छ ।