रत्ननगर कप फुटबल : जिरौना फुटबल क्लबलाई हराउँदै राेयल जीम क्लब फाईनलमा

May 25, 2023 9:20 pm

रत्ननगर कप फुटबल : कालिका स्थित राेयल जीम फाईनलमा प्रवेश
रत्ननगर । रत्ननगरकाे टिकौली चौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियाेगितामा राेयल जीम फाईनलमा प्रवेश गरेकाे छ । विहीबार भएकाे सेमिफाइनलमा जिराैना फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गाेल अन्तरले पराजित गर्दै राेयल जीम फाईनलमा प्रवेश गरेकाे हाे ।
भाेली शुक्रबार रामपुर राेडर्स र भरतपुर ९ बीच दाेस्राे सेमिफाइन खेल हुने छ । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियाेगिता अन्तर्गत जेठ १४ फाइनल खेल हुनेछ ।