रत्ननगर कप फुटबल : आज जिराैना र राेयल जीम बीच भिडन्त

May 25, 2023 9:45 am

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगिता अन्तर्गत आज विहीबार देखि सेमिफाइलनको खेल सुरु हुँदैछ । दिउसाे तीनबजेबाट सुरु हुने पहिलाे सेमिफाइनल खेलमा जिरौना फुटबल क्लव र रोयल जीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । भरतपुर फुटबल क्लवलाई पराजित गरी सेमिफाइनमा प्रवेश गरेकोे रामपुर राेडर्स फाइनल यात्रा तयको लागि जेठ १२ गते भाेली भरतपुर ९ संग प्रतिस्पर्धा गर्ने छ । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा फाइनल जेठ १४ गते हुने युवा संघ रत्ननगर नगरकमिटीका सचिव बाबुराम परियारले जानकारी दिए ।