रत्ननगर कप फुटबल : रामपुर रोडर्स सेमिफाइनलमा प्रवेश

May 24, 2023 7:22 pm

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगितामा रामपुर रोडर्स सेमिफाईनलमा प्रवेश गरेको छ । भरतपुर फुटबल क्लबलाई ३–१ गोल अन्तरलेले पराजित गर्दै रामपुर रोडर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल हुन नसकेपछि पेलाल्ट्री सुटआउटमा नतिजा निकालिएको हो । भरतपुर फुटबल क्लवलाई पराजित गरी सेमिफाइनमा प्रवेश गरेकोे रामपुर फाइनल यात्रा तयको लागि जेठ १२ गते भरतपुर ९ संग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत भोली विहीबार देखि सेमिफाइलनको खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेल जिरौना फुटबल क्लव र रोयल जीम बीच हुने आयोजकले जनाएको छ ।

बुधबार भएको प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका रामपुर रोडर्सका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा फाइनल जेठ १४ गते हुने युवा संघ रत्ननगर नगरकमिटीका सचिव बाबुराम परियारले जानकारी दिए ।