रनपा १ का वडाध्यक्ष सापकोटाद्वारा एक बर्षमा गरेका काम र उपलब्धी सार्वजनिक

May 24, 2023 2:28 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले निर्बाचित भएर आएपछिको एक बर्षमा गरेका काम र उपलब्धी सार्वजनिक गरेका छन् ।

वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष सापकोटाले एक बर्षमा गरेका काम र आगामी योजना प्रस्तुत गरेका हुन । सडक निर्माणलाई प्राथमिकता दिएर वडाका गतिविधि अगाडि बढाएका सापकोटाले वडा भित्रका २० घरधुरीलाई धारा जडानमा ५० प्रतिशत अनुदान दिएको बताए । दुई वटा शौचालय समेत निर्माण गरेका छन् ।

वडा अध्यक्ष सापकोटाले २० बर्ष देखि विवादमा रहेका वडा भित्रका ७ वटा सडकलाई निकास दिएर कालोपत्रे गर्न सफल भएका छन् । एक बर्षको अबधिमा साढे दुई किलोमिटर सडक कालोपत्रे गरिएको सापकोटाले जानकारी दिए । कालोपत्रे गर्न मापदण्ड नपुगेका भित्री सडकमा मोजाइक टायल तथा १२ वटा सडक ग्रावेल तथा फुटपाथ सहितको नाला निर्माण गरिएको छ । वडा कार्यालयसंगै जोडिएको बकुलर मावि अगाडि सडकमा प्लाष्ट्रिकको भ्रmप्रो बनाएर बसेका आइते तामाङको उद्दार गरिएको छ ।

वडाध्यक्ष सापकोटाले तामाङको लागि घर बनाएर व्यवस्थित गर्न सफल भएका छन् । शिक्षा तर्फ सापकोटाले ओमशान्ति आधारभूत विद्यालय र बकुलहर माविलाई ८ लाख ३० हजार बराबरको विद्यालय शैक्षिक अन्तर्गत सहयोग गरेका छन् । वडाध्यक्ष सापकोटाले एक बर्षको अबधिमा विपन्न समुदायका ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा तथा खोप केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

साथ एक बर्षको अबधिमा युवा तथा खेलकुद व्यवस्थापन, बालक्लव पुनर्गठन तथा खेलकुदका सामाग्री वितरण, महिला, अपाङ्ग तता ज्येष्ठ नागरिक लक्षिक कार्यक्रम सञ्चालन, सुत्केरी महिलालाई पौष्टिक आहार तथा ३५ दिनभित्र बच्चाको जन्मदर्ता गर्न प्रोत्सहान कार्यक्रम, महिलालाई सीप तथा क्षमता विकास तालिम,सरसफाईमा उत्कृष्ट टोल विकास संस्थालाई सम्मान गरिएको छ ।

कृषि तथा पशुपालक किसानको क्षमता विकास,अनुदान, पशुहरुलाई लगाईने खोपमा ५० प्रतिशत अनुदान, वडा भित्र खेलकुद मैदान तथा व्याडमिन्टन कोर्ड निर्माण, र सडक बत्ती तथा पोल व्यवस्थापनको काम गरिएको वडाध्यक्ष सापकोटाले बताए । सो वडाले एक बर्षमा एक करोड बढी राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक बर्षको १० महिनामा ७९ लाख १६ हजार ४८२ रुपैया संकलन गरिसकेको छ ।

वडाध्यक्ष सापकोटाले चुवानमा आफुले वडाबासीसंग गरेको प्रतिबद्धता भित्रका योजना मध्ये एक बर्षमा ४० प्रतिशत काम भएको जानकारी दिए । अबको चार बर्ष भित्र प्रतिबद्धता पुरा गर्दै वडालाई थप नमुना बनाउने तर्फ आफ्नो ध्यान केन्द्रीत रहेको उनले बताए । पत्रकार सम्मेलनमा वडासदस्य,गिरिराज लम्साल, विन्दु मगराती, वडा अध्यक्ष पदम सापकोटा लगायतले वडाले सञ्चालन गरेका काम र उलब्धिहरुको बारेमा बोलेको थिए ।