विश्वकप छनोट क्रिकेटको तालिका सार्वजनिक, नेपालको पहिलो भेट जिम्बावे संग

May 23, 2023 4:27 pm

काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटको तालिका सार्वजनिक भएको छ । छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग जुन १८ मा हरारे स्पोर्टस क्लबमा खेल्ने भएको छ भने सो खेल भन्दा पहिला २ अभ्यास खेल समेत नेपालले खेल्ने छ । पहिलो अभ्यास खेल जुन १३ मा युएई संग हुनेछ भने दोश्रो अभ्यास खेल जुन १५ मा ओमान संग हुनेछ ।

नेपालले जुन १८ मा युएसए संग, जुन २२ मा वेष्ट इण्डिज संग त्यस्तै जुन २४ मा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।

विश्वकप छनोटको समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।