रत्ननगरका ५२ जना शिक्षकहरुकाे आन्तरिक सरुवा

May 22, 2023 7:04 pm

रत्ननगर । रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ५२ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ । ५० जना प्राथमिक तह, २ जना निमावि तह सहित ४ जना बालविकास शिक्षणकाे आन्तरिक सरुवा गरिएकाे हाे ।

मेयर प्रल्हाद सापकाेटाले दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षककाे सरुवा गरिएकाे भन्दै यसले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार हुने विश्वास ब्यक्त गरे । नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले एउटा विद्यालयमा हासिल गरेकाे शैक्षिक अनुभवलाई अर्काे विद्यालयमा उपयाेग गर्ने उद्देश्यले शिक्षककाे आन्तरिक सरुवा गरिएकाे बताए ।

रत्ननगरमा दरबन्दी र राहत गरि ३२३ जना शिक्षक कार्यरत छन् । यहाँ २७ वटा सामुदायिक विद्यालय छन् । चार वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन भइरहेकाे उपमेयर यादब प्रसाद पाठकले जानकारी दिए ।