टिकौलीमा राष्ट्रिय स्तरको फुटबल : रत्नप्रियलाई हराउदै भरतपुर ९ विजयी

May 16, 2023 8:15 pm

२ जेठ, रत्ननगर । रत्ननगरको स्थित टिकौलीचौरमा जारी राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भरतपुर ९ विजयी भएको छ । रत्ननगरको रत्नप्रिय क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै भरतपुर ९ विजयी भएको हो ।

भरतपुरको जितका लागि सो टिमका राहुल दुराले पहिलो हाफको २६औं मिनेटमा निर्णायक गोल गरेका थिए । भरतपुर ९ का राहुल सो खेलमा म्याद अफ दी म्याच घोषित भएका थिएका थिए । खेल अबधिभर उत्कृष्ट प्रर्दशन गरेको रत्नप्रियले गोल गर्न भने सकेन । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका सहित १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासी जिल्ला सहित १६ वटा टिमको सहभागिता रहेको छ । बुधबारको खेल भरतपुर १६ र झुवानी फुटबल क्लव बीच हुने आयोजकले जनाएको छ ।