सर्वोच्चद्वारा रेशम चौधरीको जन्मकैदको फैसला सदर

May 16, 2023 6:13 pm

काठमाडौं। जिल्ला र उच्च अदालतले सुनाएको रेशम चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ। मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो। यससँगै रेशम चौधरी नछुट्ने पक्का भएको छ।

२०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको थियो। उक्त हिंसात्मक घटनाका मुख्य आरोपी चौधरी रहेको जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायल ठहर छ। र, उक्त फैसलासँगै अहिले चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन्।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। विसं २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।