पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि

May 14, 2023 8:15 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय ४४ नमुना मध्ये २ सय २३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी जम्मा १० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल कोरोनाको संक्रिय संक्रमितको संख्या १ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको भएर १२ जना घर फर्किएका छन् ।