काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।
अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गर्नुभएको र नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय बताएका छन् ।