काठमाडौं।सभामुख देवराज घिमिरेले बोल्न नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन्।सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए।
सभामुखलले संसद् नियमावलीको कारण देखाउँदै अमरेशलाई बोल्न नदिने बताए। त्यसपछि अमरेशले शुरूमा सर्ट खोलेका थिए। त्यसलगत्तै उनले भित्री वस्त्र (सेन्डो) समेत खोले ।
सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे। सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछिअन्य सांसदहरुले समेत विरोध गरेका थिए।