नारायणी पब्लिक स्कुलमा अन्तरक्रिया तथा स्वास्थ्य अभिमुखीकरण

May 6, 2023 8:12 pm

चितवन : चितवनको भरतपुरस्थित नारायणी इङ्लिस पब्लिक स्कुलले शनिबार (आज) शिक्षक–अभिभावकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिदाको दिन पारेर कक्षा नर्सरी, के.जी र कक्षा एकका विद्यार्थी बावुनानीहरु र उनीहरुका अभिभावकलाई मध्यनजर गर्दै शिक्षक र अभिभावकबीच अन्तक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रियाका साथसाथै विद्यालयले मनकामना अस्पतालकी नर्सिङ विभाग प्रमुख कविता खतिवडाको सहभागितामा स्वास्थ्य अभिमुखीकरण कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा बोल्दै प्रशिक्षक खतिवडाले आफ्नो बावुनानीहरुको मनोभावना कसरी बुझ्ने, बावुनानीहरुसँग घरमा बस्दा कस्तो व्यवहार गर्ने, बाबुनानीलाई कसरी अध्ययनशील बनाउने आदि विषयमा बोलेकी थिइन् ।

विद्यालयकी पुर्व प्राथामिक तह प्रमुख शोभा बास्तोला पंगेनीले अभिभावकहरुका लागि आगामी दिनमा पनि यस्तै प्रकारका फलदायी कार्यक्रमको आयोजना गर्ने बताइन् । विद्यालयका प्राचार्य बेदराज न्यौपानेले उपस्थित सम्पूर्ण अभिभावकलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।