रत्ननगर वडा नं १० मा बालमैत्री दीगोपाना सम्बन्धी सञ्चारकर्मीसंग अन्तरक्रिया

May 4, 2023 7:00 pm

रत्ननगर, बैशाख २१ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा बालमैत्री दिंगोपनाका लागि विहीबार सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बालमैत्री दीगोपनाको लागि कार्यान्वयन पक्ष कमजोर बन्दै गएपछि सञ्चारकर्मीहरुसंग छलफल गरी सुझाब संकलन गरिएको हो । विहीबार पत्रकार संग अन्तरक्रिया कार्यक्रम गरेको सो वडाले दीगोपनाको लागि बैशाख २३ गते सरोकारवाला हरुसंग पनि अन्तरक्रिया गर्ने भएको छ ।

बालमैत्री वडाका सुचना र बालवालिकालाई काममा लगाए भोग्नु पर्ने कानुनी सजायका विषयमा जानकारी गराउन टोल विकास संस्था, आमा समुह, शिक्षक, बाल क्लव र स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम तय गरिएको वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए ।

वडाध्यक्ष कलाधर पौडेलले वालमैत्री वडा कार्यान्वयन पक्ष फितलो हुँदै गएपछि सरोबारबालाहरुसंग अन्तक्र्रिया कार्यक्रम गर्न लागिएको बताए । घोषणा गरेपछि त्यसको कार्यान्वयनको लागि सार्थक प्रयास हुन नसकेको भन्दै उनले आफ्नाे कार्यकालमा वालमैत्री वडा कार्यान्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

सञ्चारकर्मीहरुसंगको अन्तक्र्रिया कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले वालमैत्री वडा दीगोपनाको लागि अनुगमनलाई प्रभावकारी बनाउन सुझाब दिए । उनले अनुगमनका क्रममा निर्मम हुन जनप्रतिनिधिलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वी चितवनमा क्रियाशिल सञ्चारकर्मीहरु सहित वडा सदस्यहरु गोमाकुमारी भण्डारी, पूर्णिमा नेपाली,मिलन चौधरी र सुदन भण्डारी लगायतको सहभागिता रहेको थियो ।