पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना पुष्टि

May 3, 2023 8:47 pm

२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आज नै ५९ जना संक्रमणमुक्त भएका छन् । यो संगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय २० पुगेको छ। पछिल्लो २४ घन्टामा २ हजार ५ सय ३२ जनाको कोरोना परिक्षण गरिएको थियो ।