१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेलमा बर्षा बाधक बनेपछि आजका लागि स्थगित भएको जनाईएको छ । खेल भोली बिहान आजकै अवस्था बाट सुरु हुनेछ बर्षाले । खेल रोकिनुअघी यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६ रन बनाएको छ । यो प्रतियोगितामा रिजर्भ डे राखिएको कारणले भोलिका लागी खेल तोकिएको हो ।
बर्षाले खेल प्रभावित पार्नु अघी किर्तिपुर मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।नेपालका लागि ललित राजबंशीले ३ तथा सन्दीप लामिछाने र करण केसीले २/२ , सोमपाल कामी र गुल्सन झाले १/१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाउनु बाहेक अन्य ब्याटरहरु खुलेर खेल्न सकेनन । भोलि पनि खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ ।