चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आह्वान गरेका छन् । सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा आउन आह्वान गरेका हुन् ।
उनले रास्वपा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताए । ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने । सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको उनको भनाई छ ।