१६ वैशाख, काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको हो भने युएईले डी बाई एल प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो ।
२० ओभर खेल सम्पन्न हुनु अगावै डि बाई एल प्रणाली लागु नहुने भएको कारण नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।