१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसी एक्लैले पाँच विकेट लिएका छन् । ताजा अवस्थामा पानि परेका कारण खेल अवरुद्ध छ । ८.३ ओभरमा कुवेतले आफ्नो महत्वपुर्ण ६ विकेट गुमाउदा मात्र ३७ रन बनाएको छ । नेपालका लागी सोमपाल कामीले १ तथा करण केसीले ५ विकेट लिए । केसीले ४.३ ओभर बलिङ गर्दै मात्र १० रन खर्चेर ५ विकेट लिएका हुन् । केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरेका छन् ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले ९ विकेट गुमाउदै २८१ रन बनाएको थियो । लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल मैदानको अवस्था ठिक नहुन्जेल सम्मका लागी स्थगित भएको हो । नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।
नेपालका लागी कप्तान रोहित पौडेलले उत्कृष्ठ पारि खेल्दै ९४ रन बनाए । त्यस्तै कुशल मल्ल ५७, कुशल भुर्तेल ४३, आशिफ शेख ३१, आरिफ शेख १९ तथा सोमपाल कामीले अविजित १३ रन बनाए भने अन्य ब्याट्सम्यान हरुले दोहोरो अंकमा रन बनाउन सकेनन ।