
काठमाडौँ – एसिसी प्रिमियर कप अन्तर्गत आजको रोमान्चक खेलमा नेपालले कतारलाई पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले अत्यन्त खराब सुरुवात गरेको थियो । ३ रनमा पहिलो विकेट गुमाउदा कुशल भुर्तेलले मात्र २ रन बनाए । निकै आशा गरिएका भिम सार्की समेत व्यक्तिगत ६ रनमा आउट भए संगै नेपाल दवावमा परेको थियो । कप्तान रोहित पौडेल र ओपनर आसिफ सेखले पारि सम्हाल्ने कोसिस त गरे तर त्यो पनि सफल हुन सकेन । आसिफ शेख मात्र १७ रन बनाएर आउट भए भने कप्तान पौडेल पनि २७ रनमा आउट भएपछी नेपाली इनिंग धर्मरायो । अघिल्लो खेलमा साताक प्रहार गरेर चर्चामा रहेका कुशल मल्लले पनि मात्र ३ रन बनाएर आउट भएपछी नेपालको विकेट झर्ने क्रम रोकिएन । सोम्पाल कामि ११, आरिफ शेख ११,दिपेन्द्र सिंग ऎरी १२, गुलसन झा ७ रनमा आउट भए संगै नेपाल १११ मा ९ विकेट को अवस्थामा पुग्यो । अन्तिम विकेटमा सन्दिप लामिछाने र ललित राजवंशी खम्वा भएर उत्कृष्ठ प्रदर्शन गरे । ४६ रनको साझेदारी गर्ने क्रममा सन्दिप लामिछानेले अविजित रहदै ४२ रन बनाए भने ललित १ रनमा आउट भए । ४०.३ ओभरमा नेपालले मात्र १५७ रन बनाउन सफल रह्यो । १५८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कतारले मात्र ८९ रन बनायो । कतारका लागी जाहिर इब्राहिम र खुराम साहेजादले समान १५/१५ रन बनाए ।अमिर फारोकले १४ रन बनाए भने अन्य व्याट्सम्यान हरुले दोहोरो अंकमा रन बनाउन सकेनन । कतारलाई सस्तैमा समेट्न नेपालका लागी सन्दिप लामिछानेले ५, सोमपाल कामीले ३ तथा ललितले २ विकेट लिए ।
आजै सम्पन्न अर्को खेलमा कुवेतले हंगकंगलाई पराजित गरेको छ । यो संगै नेपालले सेमिफाईनलमा
सामना गर्ने टोलीको टुंगो लागेको छ। कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको छ। कुवेतले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक बनायो। समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक सहित शिर्ष स्थानमा रह्यो। समान ६ अंक भएपनि रनरेटका आधारमा युएई शिर्ष स्थानमा रहन सफल भएको हो। दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमने-सामने हुनेछन्। यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ। नेपाल सेमिफाइनलमा कुवेतलाई पराजित गरेर फाइनल प्रवेश गरी ओमान र युएई बीचको विजेतालाई पराजित गर्ने दाउमा हुनेछ।