चितवन,११ वैशाख । चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । यो समाचार तयार पार्दा सम्म लामिछानेले ४ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५ सय ८५ त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार २०५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिकाको मत गनेर सकिएको छ भने भरतपुर १ र २ को मतगणना सुरु भएको छ ।
त्यस्तै बारामा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार ८ सय ७२ ,जनमत पार्टीका शिवचन्द्र कुशवाह १ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पुरुषोतम पौडेल ७ सय २९ मत प्राप्त गरेका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ सय ६९ मत पाएका छन् ।
त्यस्तै तनहुँमा पनि रास्वपाले निरन्तर अग्रता लिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १८ हजार ६ सय ६३, नेपाली कांग्रेसका गोबिन्द भट्टराईले ११ हजार ११,नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ८ सय ७७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले १ सय ११ मत प्राप्त गरेकी छिन ।