
चितवन । चितवनसहित बारा र तनहुँ गरी तीन क्षेत्रमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । मतदानको समय सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताउँदै आजबाट मतगणना गरिने बताएका हुन् ।
देशकै मध्यभाग तथा विविध कारणले समेत चर्चित रहने चितवनमा निर्वाचनमा भाग लिएका मध्य चर्चामा ३ जना उमेदवार रहेका छन् नेकपा एमालेका तर्फ बाट राम न्यौपाने, गठबन्धन दल बाट जितनारायण श्रेष्ठ त्यस्तै स्वतन्त्र पार्टीबाट रवि लामिछाने याँहा उमेद्वारको रुपमा रहेका छन् ।