
भरतपुर । भरतपुर ११ भोजाडस्थित नयाँ किरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा रास्वपालाइ माफी माग्न लगाउने र आचारसंहिता उल्लंघन भएको कुरा मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय भएसंगै मतदान पुनः सुरु भएको हो । मतदान स्थल बाहिर दलका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान रोकिएको थियो । चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदान स्थलको निरीक्षणका लागि पुग्दा उनका समर्थकले हुटिङ गरेपछि विपक्षी दलका कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसक्रममा रास्वपाका समर्थक र विपक्षी दलका कार्यकर्ताबीच धकेलाधकेल भएको थियो ।