रत्ननगरमा रक्तदान : ५६ युनिट रगत संकलन

April 22, 2023 12:56 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमका ५६ युनिट रगत संकलन गरिएको छ । महिला उत्थान समिति रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा १५ जना महिला सहित ५६ जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष रन्जना श्रेष्ठले जानकारी दिइन । सो अबसरमा उनले चितवनमा देखिएको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गर्दै आएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाख घिमिरेले एक औपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । सचिव निर्मला मरहठ्ठाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कृष्णकुमारी खरेलले स्वागत मन्तव्य राखेकी थिइन । संस्थाकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । २०७६ सालमा स्थापना भएको सो संस्थामा रत्ननगरका १४८ जना महिना अबद्ध रहेका छन् ।