रत्ननगर ।
खैरहनी नगरपालिका वडा नं १३ कुमराेजमा बुधवार वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । बुढीराप्ती मध्यवर्ती उपभाेक्ता समिति र कुमराेज मध्यवर्ती सामुदायिक वनले आयाेजना गरेकाे साे कार्यक्रममा जनप्रतिनिधि र संरक्षणकर्मीहरुले संरक्षण र जीविकाेपार्जनलाई संगसंगै अगाडि बढाउनु पर्ने बताए । उनीहरु जनता निकुञ्जप्रति बफदार हुँदाहुँदै निकुञ्ज भने ऐनकाे कार्यान्वयनकाे नाममा क्रुर हुने गरेकाे आराेप लगाए ।
कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष कुलप्रसाद भूषालले जनताप्रति निकुञ्जकाे दमन धर्यगर्न नसकिने बताए । संरक्षणमा जनताकाे याेगदानकाे निकुञ्जले कदर नगरेकाे भन्दै उनले जनता निहुरिएर संरक्षणमा क्रियाशिल भईरहनु नपर्ने बताए । निकुञ्जका सहायक संरक्षण अधिकृत सराेजमणि पाैडेलले संरक्षण गरेवापत स्थानीय समुदायले त्यसकाे लाभ लिएकाे बताए ।
निकुञ्जका कारण यहाकाे सफारी पर्यटन चलेकाे भन्दै उनले पर्यटन मार्फत आर्थिक विकास र आयआर्जन मार्फत जीविकाेपार्जन भईरहेकाे बताए । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले प्रकृति र वन सम्पदाकाे उपयाेगले देशकाे आर्थिक विकासमा याेगदान पुगेकाे बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कृष्णप्रसाद खनालले निकुञ्ज जनताकाे लागि अभिसाप र र बरदान दुबै हुने गरेकाे बताए । उनले निकुञ्ज ऐन संशाेधनकाे लागि प्रदेश सरकारले मस्याैदा तयार गरि मन्त्रिपरिषद्काे बैठकबाट निर्यण गराउन केन्द्र सरकारमा फाईल बुझाएकाे बताए ।
संरक्षणलाई उत्पादनसंग जाेड्नु पर्ने भन्दै उनले जीवन सुरक्षा र वालीनाली क्षेती राहतलाई पनि जाेड दिनुपर्ने बताए । बुढीराप्तीका अध्यक्ष हिराबहादुर गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कुमराेज वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षणकाेष साैराहाका रेन्जर ऋषिराम सुवेदी, समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानमा अध्यक्ष हेमबहादुर गुरुङ, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी लगायतले मन्तव्य राखेका थिए ।
बुढिराप्तीका सचिव इश्वरीराज पाठकले सञ्चालन गरेकाे साे कार्यक्रममा कुमराेज वनका सचिव श्यामप्रसाद बर्राकाेटीले स्वागत मन्तव्य राखेका थिए । कुमराेज वनले सप्ताहकाे अबसरमा सरसफाई लगायत विभिन्न संरक्षण मुलक कार्यक्रम समेत गरेकाे वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।