सर्लाहीमा जिल्ला स्तरीय मुसहर महिला सशक्तिकरण संजाल गठन

April 17, 2023 6:47 pm

लालबन्दी – सर्लाहीको लालबन्दीमा सोमबार जिल्ला स्तरीय मुसहर महिला सशक्तिकरण संजाल गठन गरिएको छ । रिता कुमारी माझीको अध्यक्षतामा सर्लाहीको चन्द्रनगर,हरिपुर,बरहथवा र बसबरीया गाँउपालिकाका मुसहर महिला सशक्तिकरण मन्चका अगुवाहरुलाई समेटेर ७ सदस्यीय संजाल गठन गरिएको हो ।

संजालको उपाध्यक्षमा हरिपुरकी आशा देवी माझी सचिवमा बरहथवाकी सरीता माझी, कोषाध्यक्षमा बसबरीयाकी सिता देवी माझी, सहसचिवमा चन्द्रनगर पोखरीया टोलकी सुनिता माझी सदस्यहरुमा पल्टनीया देवी र बरहथवाकी सम्झाबति माझी रहेका छन् । आगामी दिनमा संजालले दलित,माझी मुसहर समुदायको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक लगायत मुद्दामा पैरवी गर्ने छ ।

अन्डेफको सहयोग तथा साप नेपालको आयोजनामा संचालित कार्यक्रममा सहजिकरण गर्दै साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले संजालले आगामी दिनमा अति गरीव तथा विपन्न दलित, माझी मुसहरहरुको हक हित र अधिकारको लागी पैरवी गर्ने बताउनु भयो । जातिय छुवाछुत तथा भेदभाव विरुद्ध अभियान संचालन गर्न, जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय गर्ने । दलित, माझी, मुसहर समुदायको शिक्षा, स्वास्थ्य आय आर्जनमा पहुच पु¥याउन पैरवी गर्ने संजाल सकृय रहने बताउनु भयो ।

जिल्ला स्तरिय संजालकी अध्यक्ष रिता कुमारी माझीले संजालले जिल्ला तथा प्रदेसमा समेत गएर माझी मुसहरको हक हित र अधिकारको लागी पैरवी गर्ने बताईन । वडा कार्यालय तथा नगरपालिकासम्म पुगेर मुसहर समुदायको उत्थान तथा विकासका लागि जनप्रतिनिधिलाई घच्घच्याउने लगायत काम गर्ने बताईन ।

अन्डेफको सहयोगमा साउथ एशिया पाटनरशीप–नेपाल (साप नेपाल) को पहलमा मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरिएको छ । ती समूहमा एक हजार १६ सय मुसहर महिलालाई सहभागी गराई नेतृत्व क्षमता विकास, सामाजिक जवाफदेहिता, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट, आय आर्जन तथा जिविका सुधार योजना, सामाजिक मुल्य मान्यता, सामाजिक समस्य र समाधानका उपायहरु बारे प्रशिक्षण दिदै आइरहेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।

नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहिका अध्यक्ष रितुराज ऋिसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय मुसहर संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष शिव सदाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दलित अगुवा पचुलाल माझी, पुनित पाशवान, श्यामवावु माझी,पत्रकार जनार्जन खत्री, मुसहर महिला सशक्तिकरण मन्चका अगु वासहीत ४५ जनाको सहभागीता रहेको थियो ।