भरतपुरमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने

April 17, 2023 6:41 pm

चितवन : उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ़ुटरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स को व्यवस्थापकीय साझेदारीमा “सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०” हुने भएको छ ।

देशकैमध्य भागमा अवस्थित आधुनिक सुविधा सम्पन्न चितवन प्रदर्शनी केन्द्र भरतपुरमा यही बैशाख २२, २३ र २४ गते अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुनेभएको हो । निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी र यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनी हुने यस प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभएको छ ।