रत्ननगर, बैशख ३ । बन्यजन्तु सप्ताह २०८० को तेस्रो दिन आईतवार पूर्व पश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत वरण्डाभार क्षेत्रको राजमार्गमा सरसफाई गरिएको छ । टिकौली मध्यवर्ती सामुादायिक बन उपभोक्ता समुहको अगुवाइमा रत्ननगर वडा नं ९ र १० अन्तर्गत पर्ने वरण्डाभार क्षेत्रको राजमार्ग क्षेत्र सरसफाई गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सरोज मणी पौडेलले टिकौली जंगलदेखि गोन्द्रङ सम्मको क्षेत्र वारपार गर्ने जैविक मार्ग भएको हुनाले यस क्षेत्रमा फोहोर थुप्रिनु भनेको लज्जास्पतको विषय भएको बताए । यस क्षेत्रमा वन्य जन्तु ओहोर दोहोर गर्ने, पर्यटक आउँने जाने र हेर्ने भएकाले सोभनिय नभएको बताउदै उनले यस्ता कार्यक्रमहरु गरेर मात्रै औचित्य नहुने बताए । उनले भने, ‘फोहोर फ्याक्न दिन भएन, फोहोर फ्याकिएको अवस्थामा समय समयमा सफा गरिरहनुपर्छ ।’ निकुञ्ज प्रशासन, सुरक्षाकर्मी, सामुदायिक वन, मध्यवर्ती उपभोक्ता समुह, सम्पूर्ण संघ संस्थाहरु मिलेर निकुञ्जको जैविक मार्ग क्षेत्रमा सुन्दर र सफा राख्नु पर्नेमा जोड दिए ।
प्रमुख अतिथि पौडेलले सरसफाई कार्यक्रमको उद्घाटन गरेलगतै संरक्षणकर्मी र सुरक्षाकर्मीहरुले वरण्डाभार क्षेत्रको राजमार्ग छेउछाउ सरसफाई गरेका थिए । सहभागीहरुले राजमार्ग छेउछाउमा फालेका प्लाष्टिक र सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । सो अबसरमा बाघमार मध्बर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जीतु तामाङले एक पटक फोहोर सफा गरेर सफा नहुने भन्दै उनले सधै सरसफाई गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निकुञ्ज प्रशासन, नगरपालिका, स्थानीयवासी मिलेर यस्लाई कसरी समाधान गर्न सकिन्छ भनेर गम्भिर रुपमा छदफल गर्न आवश्यक देखिन्छ ।’ रत्ननगर नगरपालिकाले पञ्चकन्या सामुदायिक बन भित्र फोहोर डम्पिङ्ग गरेर राखेकाले त्यस फोहोलाई अन्यन्त्र व्यवस्थापन गर्नुर्ने उनले सुझाव दिए । फोहोरले वनका जनावरहरुलाई असर गरिरहेको उनको भनाई छ ।
टिकौली मध्यवर्ती सामुादायिक वन उपभोक्ता समुहका कार्यबाहक अध्यक्ष रामकृष्ण बगालेको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चकन्या सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष कृष्ण बगालले, मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य सरस्वती लामा, सामाजिक तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाली सेना, समुदायमा आधारित चोरी शिकार नियन्त्र युवा जागरण अभियानका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम टिकौली मध्यवर्ती सामुादायिक वनका सचिव कृष्ण प्रसाद आचार्यले सञ्चालन गरेका थिए । यस बर्ष २८ औं वन्यजन्तु सप्ताह बैशाख १ गते देखि ७ गते सम्म मनाउदै छ । यस बर्षको सप्ताहको नारा “समन्वय, सहकार्य र सहअस्थित्व ः वन्यजन्तु संरक्षणमा हाम्रो साझा दायित्व” भन्ने रहेको छ ।
सप्ताह अन्तर्गत बैशाख ४ गते वन्यजन्तुको आनिवानी र वन्यजन्तुको आक्रमणबाट बच्ने उपायबारे अन्तरक्रिया, बैशाख ५ गते ध्वनी तथा फोहोर प्रदुषण न्यूनीकरणका लागि चेतनामुलक –याली र सप्ताहको अन्तिम दिन विद्यार्थीहरुलाई वन अबलोकन, डुंगा सयर तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । अन्तिम दिन स्थानीय निकायका जनप्रतिनिधि तथा संरक्षणका साझेदार संस्थाहरु बीच अन्तरक्रिया तथा समापन कार्यक्रम हुनेछ ।