नेता वर्षामान पुनकी आमालाई निवासमै गोली प्रहार, पीएसओ पक्राउ

April 15, 2023 6:54 pm

काठमाडौं, बैशाख २ । काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।

पुनको घरमा बसेको भीआईपी सुरक्षाामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् ।

उनलाई खुट्टामा गोली लागेको थियो । गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरी स्रोतले नेपालप्रेसलाई बताए । पुनको घरमा प्रहरीको भीआईपी सुरक्षाको टोली खटिएको थियो ।