मदन अच्छामी, १ बैशाख, चितवन ।
महिलाको लागि सुधारिएको जिविकोपार्जन परियोजनाको क्षमता विकास कार्यक्रम अन्तर्गत महिला हिंसा तथा लैङ्गिक विभेद कार्यशाला गोष्टिको आज एक समारोहका विच समापन गरिएको छ । खैरहनी ११ मा एड्वानको आयोजना तथा करुणा ट्रष्टको प्रायोजनमा उक्त कार्यक्रम ३ दिन सम्म संचालन भएको थियो । एड्वानको जेसी अफिसर बिमला दासले प्रशिक्षण प्रदान गर्नुभएको गोष्टिमा ३ वटा महिला समूहका ४५ जना महिलाहरु सहभागी थिए ।
सहभागी सदस्यहरुको तर्फबाट मलिना विक तथा गीता खड्काले कार्यक्रम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो l गोष्टिमा लैङ्गिक विभेद, लैङ्गिक विभेदका किसिम, महिला हिंसा तथा लैङ्गिक विभेदको कानुनि कुराहरुको बारेमा आफुहरुले जानकारी प्राप्त गरेको सहभागीहरुले बताए l
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खैरहनी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष दिपेन्द्र कुमार दराईले एड्वानले गरेको यो कामले महिला हिंसा तथा पिछडिएका महिलाहरुले लैङ्गिक विभेदका विविध कुराहरु जानकारी पाएको भन्दै समाजमा भएको महिला हिंसा तथा लैङ्गिक विभेदमा पनि कमि आउने आशा व्यक्त गर्नु भयो l
कार्यक्रममा खैरहनी नगरपालिका कार्यपालिका सदस्य गोमादेवी भुजेलले मन्तव्य राख्नुभएको थियो । सभाध्यक्ष समेत रहनुभएकी एड्वानकि अध्यक्ष विन्दु थापा परियारले आफुहरुको उद्धेश्य जातिय समस्यालाई निर्मुल गर्ने रहेकोमा यो प्रशिक्षणले सामाजिक विभेदमा कमि आउने विश्वास व्यक्त गर्नुभयो l
नेपाल दलित महिला उत्थान संघ एड्वानले नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका दलित तथा गैर दलित महिलाहरुलाई सामुहिक रुपमा एकिकृत गराउदै आएको छ l साथै मौसमी तथा बेमौसमी तरकारी खेति , उधमशिलता, क्षमता विकास,लैंगिक समानताका कार्यक्रम ,नया महिला समूह गठन , सिलाई कटाई तालिमहरु प्रदान गर्दै आएको छ l