वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घट्यो

April 13, 2023 4:11 pm

काठमाडौं : वाणिज्य बैंकहरूले ब्याजदर घटाएका कारण बुधवार ९२ अंक भन्दा धेरैले बढेको शेयर बजार बिहिबार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा कायम भएको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४९ लाख १३ हजार ७२ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा शिवम् सिमेन्ट रहेको छ । सिमेन्टको ८ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।