कोरोनाको सङ्क्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

April 9, 2023 7:12 pm

काठमाडौँ । पछिल्लो समयमा कोरोना भाईरसको समस्या बढ्न थाले संगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ ।

हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् ।