
रत्ननगर , चैत २४
नेपाल मजदुर किसान पार्टीका सचिव एवंम संघीय सांसद प्रेम सुवालले ठुलादलहरुकाे कारण देश दलदलमा फसेकाे आरोप लगाएका छन् । नेपाल मजदुर किसान पार्टीकाे भातृ संगठन नेपाल क्रान्तिकारी महिला संघको शुक्रबार बाट रत्ननगरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै सुवालले देश दलदलमा फसेकाे आरोप लगाएका हुन् । उनले ठुला दलहरु सत्ता प्राप्तिकाे खेलमा लागेका कारण मुलुककाे विकासमा बाँधा पुगेकाे बताए । सत्ताकाे लागि राजनीतिक ईमान बेचिएकाे छ उनले प्रश्न गर्दै भने याे भन्दा फाेहाेरी राजनीति के हुन सक्छ ।
उनले नेपालकाे राजनीती पद र पैसामा सिमित हुनु पुगेकाे आराेप लगाए । सत्ता गठबन्धन मुलुककाे हितमा नरहेकाे भन्दै उनले अहिलेकाे राजनीतिक समिकरणले देशलाई सही दिशामा लैजान नसक्ने उनले बताए । उनले राज्य शक्तिलाई दुरुपयोग गरेर सम्पति कुम्ल्याउने ठूला राजनीतिक दलका नेता रहेकाे भन्दै उनले यसलाई ताेड्न सक्नु पर्ने बताए । भएकाले उनीहरुलाई समाप्त नपारि महिला र पुरुषको मुक्ति सम्भव नभएको बताए ।नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारले देश र जनता पक्षमा काम गर्न नसकेकाे बताए ।
नेपाल क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अनुराधा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सिर्जना सैजु, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य गीता काफ्ले, नेपाल क्रान्तिकारी महिला संघ बर्दियाकी अध्यक्ष मञ्जु चौधरी, नेपाल क्रान्तिकारी विद्यार्थी संघकी केन्द्रीय कोषाध्यक्ष प्रमिला ज्याख्वा, नेपाल क्रान्तिकारी शिक्षक संघकी केन्द्रीय सदस्य पवित्रा शाही, उपनिर्वाचन चितवन क्षेत्र न २ का प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्र प्रजा लगायतले मन्तव्य राखेका थिए ।
सम्मेलन उद्घाटन हुनुपूर्व रत्ननगरमा शाेभयात्रा निकालिएकाे थियाे । सम्मेलनमा देशभरका २ हजार ५०० प्रतिनिधि तथा परिवेक्षकहरुकाे सहभागिता रहेकाे छ । सम्मेलनले संघकाे आगामी कार्यकालकाे लागि नयाँ नेतृत्व चयन चयन गर्ने छ ।