चितवन प्रशासनद्धारा प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह

April 7, 2023 2:12 pm

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी मंसिर वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर-२ को उपनिर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

हातहतियार नबुझाउनेलाई कारबाही गर्ने प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ। शुक्रबार जारी गरेको सूचनामा आगामी चैत मसान्तभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।