रत्ननगर, चैत्र २४ । रत्ननगरमा मर्निङ वाक गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ४ देबौलीका ५१ बर्षीय जीवन महतोको मर्निङ वाक गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार बिहान पौने ६ बजेको समयमा देवौलीको बाटोमा मर्निङ वाक गर्ने क्रममा महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए । महतोलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक महतोको शरिरलाई पोष्टमार्टमका लागि भरतपुरको सरकारी अस्पताल पुर्याईएको डिएसपी खड्काले जानकारी दिए ।