चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद अदालतले बदर गरिदिएपछि बैशाख १० गते चितवन क्षेत्र नं. २ को उपचुनावमा उम्मेदवारी दिए दुई जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यसरी उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चक्रपाणि न्यौपाने र सुदर्शन कंडेल रहेका छन् । यी दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि चितवन–२ को उपनिर्वाचनको मैदानमा अब दलहरुबाट १२ र स्वतन्त्र १० गरी २२ जना रहनेछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरुलाई आजै चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।