
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले अबैध रुपमा निर्माण गरिएका घर टहरा भत्काउने भएकाे छ । स्थानीय सरकार संचालन ऐन २०७४ बमाेजिम प्रचलित मापदण्ड पालना नगरी निर्माण भएका घर टहारा भत्काउने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । उनले मापदण्ड विपरित निर्माण गरिएका भवन,संरचना,सीमा पर्खाल र अस्थायी टहरा भत्काउने जानकारी दिए । त्यसका लागि नगरपालिकाले आइतबार सुचना जारी गरि ३५ दिन भित्र अबैध संरचना हटाउन अनुराेध गरेकाे छ । नगरपालिकाले ताेकेकाे समयसीमामा अबैध संरचना नहटाए नगरपालिका आफैले भत्काउन सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनले संरचना भत्काउदा लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गर्ने बताए ।