जुत्तामेलामा उपभोक्ताको भिड कायमै, समय अब १ साता मात्र बाँकी

March 24, 2023 5:32 pm

भरतपुर महानगरपालिकाको नेपाल टेलिकमको अगाडि रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा संचालन भैरहेको प्रदेश स्तरिय ‘प्रथम जुत्ता चप्पल मेला २०७९ सकिन अब १ साता मात्र बाँकी छ । प्रदर्शनी केन्द्रमा समय अवधि सुरु भए देखि नै उपभोक्ताहरुको भिड लाग्ने गरेको छ , कुल १ लाख २५ हजारले अनुमानित मेला अवलोकन गर्ने अपेक्षा गरिएकोमा मेला सकिन हप्ता दिन बाँकी हुँदा नै १ लाख ३० हजारले मेला अवलोकन गरेको आयोजक मध्य एक केटिएम शुजका प्रवन्ध निर्देशक प्रमोद महतोले बताउनु भयो ।

एक्स्पोमा बिएफ डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ यी दस ब्राण्डको हजार बढी मोडलका जुत्ताहरु उपलव्ध रहेकोमा हाल २०० नया मोर्डल थप गरि १२ ०० मोर्डलका जुत्ताहरु उपलव्ध रहेका छन् । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने उद्धेश्य मेलाले राखेको छ । उपभोक्ताहरुले गुणस्तरिय जुत्ता तथा सुपथ मूल्य पहिचान गरे संगै माउथ पव्लिसिटि वृद्धि भएको कारण उपस्थिति वृद्धि भएको बताउनुहुन्छ आयोजक मध्यको एक क्रसरोड शुजका बिशाल शर्मा फुंयाल ।

मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको छ ।
स्कुल सुज, कलेज सुज, स्पोर्टस सुज, पार्टी सुज लगायत ग्राहकको आवश्यकता अनुसारका सम्पूर्ण प्रकारका जुत्ताहरु मेलामा उपलब्ध रहेको छ । मेलाको अन्त्यको समय नजिकिए संगै उपभोक्तालाई थप नया मोर्डल र थप छुट प्रस्तुत गर्ने योजना रहेको आयोजक मध्यको एक विएफ़ डियर हिलका संचालक सुजन उपाध्यायले जानकारी दिनुभयो ।

सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले चितवनबासी एक्स्पोबाट प्रत्यक्ष लाभान्वितभएका छन् । नेपालमा उत्पादित जुत्ता साथै विशेष छुटका कारण आफू पूर्ण सन्तुष्ट भएको भरतपुर १ देवघाट बाट आउनुभएकी उपभोक्ता शिला न्यौपाने बताउनुहुन्छ ।

गुणस्तरीय जुत्ता चप्पल, सुपथ मूल्य साथै नेपाली उत्पादनको बारेमा जानकारी प्रदान गरेकोमा यस्तो खालको मेला पछिल्ला दिनहरुमा पनि हुनुपर्ने उपभोक्ताहरुको सुझाव छ ।