भरतपुर जनसेवा सहकारीद्वारा महिलाहरुको लागि निःशुल्क पाठेघर परीक्षण

March 20, 2023 8:15 pm

चितवन ६ चैत । भरतपुर जनसेवा बचत तथा ऋण सहकारी लिमिटेडले आफ्ना शेयर सदस्य महिलालाई निःशुल्क पाठेघर परीक्षण गरेको छ ।
सहकारी लिमिटेडको महिला तथा बालबालिका समितिको आयोजनामा क्यान्सर सम्वन्धी निःशुल्क परीक्षण गरेको हो । सहकारी विभिन्न सेवा केन्द्र अन्तर्गतका ११६ जना महिलाको परीक्षण गरिएको महिला तथा बालबालिका समितिका कार्यक्रम संयोजक शोभा पण्डितले जानकारी दिनुभयो । सहकारीले यस अगाडिको वर्षमा पनि क्यान्सर रोग सम्वन्धी निःशुल्क स्क्रीनिङ गरेको थियो । परीक्षण वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको थियो । शिविरको उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै समितिका संयोजक पण्डितले सामाजिक कार्यमा सहकारीले सक्रियता देखाउदै आएको बताउनुभयो । आउदा दिनमा पनि शेयर सदस्यहरुको लागि नयाँ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।