शहिद स्मृति क्याम्पस रत्ननगरकाे स्ववियु सभापतिमा अनेरास्ववियुका सापकाेटा निर्वाचित

March 20, 2023 7:38 am

रत्ननगर ६ चैत । रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा एमाले निकट अनेरास्ववियुका नेता राजेन्द्र सापकाेटा निर्वाचित भएका छन । साे क्याम्पसमा अखिल सयुक्तकाे प्यानलै निर्वाचित भएकाे हाे ।

नेपाल विद्यार्थी संघका मनिष सुबेदीलाई १३० मतान्तरले पराजित गर्दै सापकाेटा स्ववियु सभापतिमा निर्वाचित भएका हुन । कुल खसेकाे ७८१ मत मध्ये सापकाेटाले ४५१ र सुवेदीले ३२१ मत प्राप्त गरेका थिए ।

सचिव पदमा अखिल संयुक्त प्यानलकी मोनिका सिलवाल निर्वाचित भएकी छन् । उनले ४३६ मत प्राप्त गरिन । काेषाध्यक्षमा पानस तामाङ ४१९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सदस्हरुमा अनिता भण्डारी ४४३, चिरञ्जीवी ढुङ्गाना ४५१, नितिन बस्नेत ४३९, विमला अधिकारी ४०१, विष्णु प्रसाद बगाले ४११, सबिना श्रेष्ठ ३८१ र सुरक्षा गुरुङले ३८३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।