स्ववियु निर्वाचन : रत्ननगरको शहीद स्मृति क्याम्पसमा मतदान सकियो

March 19, 2023 3:01 pm

रत्ननगर । चितवनको रत्ननगर स्थित शहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सकिएको छ । सो क्याम्पसमा भएको निर्वाचनमा ७८१ अतार्थ ६१ दशमलब २५ प्रतिशत मत खसेको छ ।

समानुमातिक तर्फ ७७७ मत खसेको छ । सो क्याम्पसमा १ हजार २२४ विद्यार्थी मतदाता थिए । सो क्याम्पसमा अखिलको सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ प्रतिस्पर्धामा रहेको छ ।

अखिल सयुक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र सापकोटा र नेविसंघबाट मनिष सुवेदी चुनावी मैदानमा छन् । अखिल सयुक्तबाट सचिवमा मोनिका सिलवाल र कोषाध्यक्षमा पानस तमाङ र नेविसंघबाट सचिवमा अमिरबाबु खनाल र कोषाध्यक्षमा प्रमिला बुढाथोकी चुनावी मैदानमा छन ।