स्ववियु निर्वाचन : रत्ननगरको सहिद स्मृति क्याम्पसमा मतदान सुरु

March 19, 2023 8:37 am

रत्ननगर । चितवनकाे रत्ननगर स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु भएकाे छ । विहान ८ बजेबाट मतदान सुरु भएकाे हाे । यहाँ अखिलकाे सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ बीच प्रतिस्पर्धा हुँदैछ ।अखिल सयुक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र सापकाेटा र नेविसंघबाट मनिष सुवेदी चुनावी मैदानमा छन् ।अखिल सयुक्तबाट सचिवमा माेनिका सिलवाल र काेषाध्यक्षमा पानस तमाङ र नेविसंघबाट सचिवमा अमिरबाबु खनाल र काेषाध्यक्षमा प्रमिला बुढाथाेकी चुनावी मैदानमा छन ।साे क्याम्पसमा १ हजार २२४ विद्यार्थीले मतदान गर्दैछन् । १४ बर्ष पछि भएकाे निर्वाचनमा सहभागी हुन विद्यार्थीहरु उत्साहित देखिएका छन् ।