चितवन जुत्ता चप्पल मेला : स्वदेशी उद्योग प्रर्वद्धनमा चितवन प्रशासन सधै अग्रसर, सिडियो पौडेल

March 16, 2023 7:16 pm

चितवन : चितवनमा जारी प्रथम चितवन नेपाली जुत्ता,चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निष्र्कष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम यस्तो निष्र्कष निकालिएको हो ।

स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रर्वद्धनमा आयोजित मेलाका कारण सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा परेको छ । स्वदेशी उत्पादनलाई प्रर्वद्धन चितवन प्रशासन सधैब अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । यस्तै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवने बजारमा कर छल्ली गरेको र अण्डर लिगि गरेको समान बिक्रि गर्न नपाउदा व्यवसायीहरु अतालिएको बताए ।

मेलामा औषतमा दैनिक ५ हजार जनाका दरले हालसम्म करिब ७५,००० जनाले प्रदर्शनीको अवलोकन गरेकोे र अवलोकन कर्ता मध्ये औषतमा ७० % अवलोकनकर्ताहरुबाट ३० हजार जोर जुत्ता,चप्पलको कारोबार भएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।

पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्यो नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले भने हामी ग्राहकमैत्री बनेको प्माणि भयो । यही फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता,चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीडले आफुहरु थपि उत्साहित बनेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने अभियान चितवनमा सफलमा देखिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले बताए ।

मेलामा बि एफ डियरहिलरबिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।

चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन ओराई लागेको छ ।

नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने बताए। नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ताचप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ।

सामान्य दिनमा दैनिक १५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख २५ हजारभन्दा बढी ग्राहक आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले नागरिकलाई बताए। आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर, स्कुल, स्र्पोट्स जुत्ता रुचाएको बताए। उनले प्रवर्धन मेलामा आएका व्यवसायी तथा अवलोकनकर्ताहरु मध्ये १०० जनाले प्रदर्शनीमा रहेका नेपाली जुत्ता÷चप्पलका चितवन, मकवानपुर, नवलपुर, धादिङ र गोरखा, तनहुँ जिल्लामा समेत डिलरसिप लिनका लागि आशय व्यक्त गरेको बताए ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको १५ दिने कार्यप्रगति प्रस्तुत गरेका थिए ।

समिक्षा कार्यक्रममा प्रवर्धन मेलामा ११ वटा नेपाली उत्पादनको १००० भन्दा बढी ब्राण्डका जुत्ता,चप्पलहरु बिक्री भईरहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

उनले कुल बिक्री मध्ये फागुन महिनामा लगभग ६५५ पार्टी सुजको कारोबार भएको र चैत्र लागे पछि स्पोटर्स जुत्ताको कारोबार बढ्न थालेको समेत बताउनुभयो । हालसम्म मेलामा ३ करोडको कारोबार भएको जानकारी दिए। उनले चितवनका सबै पालिकाहरुका गाउँ/गाउँ टोल,टोलबाट उपभाक्तहरुको आगमन भै रहेको साथै धादिङ, गोरखा नवलपुर, मकवानपुर तनहुँ लगायतका जिल्लाहरुबाट पनि वास्तविक उपभोक्ताहरुबाट प्रवर्धन मेलाको अवलोकन भईरहेको उपाध्यायले बताए ।

त्यस्तै नेपाल फुटवेयर एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले प्रवर्धन मेलाले प्रति स्टल औषतमा ७ जना र सरसफाई तथा सुरक्षा सहित ८५ जनालाई १ महिनाको लागि प्रत्यक्ष रोजगार प्रदान गरेको, प्रयोग पश्चात् मात्र जुत्ता÷ चप्पलहरुको गुणस्तर पहिचान हुने भएकोले नेपाली उत्पादनको गुणस्तरका बारेमा पृष्ठपोषण लिनका लागि १०० जना उपभोक्ताहरुको नमूना सर्वेक्षण गरी उत्पादनको परिस्कृत गरिने समेत बताए ।