बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने

March 16, 2023 6:55 pm

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ गते विश्वासको मत लिने हुनु भएको छ । प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभा मार्फत विश्वासको मत लिन लाग्नु भएको हो । पहिले नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, एकिकृत समाजबादी, हाम्रो नेपाली पार्टी लगायतका दलका सांसदले मुख्यमन्त्रीलाई विस्वासको मत दिएका थिए ।

राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा बिस्वासको मत प्रदेशसभाबाट लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यही अनुसारनै बिस्वासको मत चैत ८ गते लिन लागिएको मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो । त्यती बेला नेकपा एमालेले विस्वासको मत नदिन सक्ने संकेत गरेको छ ।