रत्ननगरको मणिरत्न सुनचाँदीले मनायो ६१औँ वार्षिकोत्सव

March 14, 2023 5:34 pm

रत्ननगर । रत्ननगर २ हाईस्कूलरोडमा रहेको मणिरत्न एण्ड सन्स सुनचाँदी पसले स्थापनाको ६१ औँ वार्षिक उत्सव मंगलबार मनाएको छ ।

स्थापनाको ६१ बर्ष पुरा गर्दा उसले सुनचाँदी पसललाई स्तरोन्नती गरी उद्योगको रुपमा विकास गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटा, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ शंकर गिरी र वडा नं. २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले संयुक्त रुपमा बार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

पूर्वी चितवनको सबैभन्दा पुरानो, विश्वाशिलो सो सुनचाँदी पसलले निरन्तर ६१ वर्षदेखि निरन्तर आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आईरहेको छ । पसल स्तरोन्नती संगै लगानी थप गरि मणिरत्न कम्प्लेक्स बाट सेवा सुरु गरेको पूर्वीचितवन सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका सो पसलका सञ्चालक शमशेर घामल्लेले जानकारी दिए ।

सुनचादी पसललाई आधुनिकता तर्फ उन्मुख गराउदै सुनचादी सहित हिराको गहन समेत विक्री सुरु गरेको सञ्चालक घामल्लेको भनाई छ । वि. स. २०१८ सालमा स्थापना भएको पसलले ग्राहकहरुलाई आकर्षक सुनचाँदी, हिराका गरगहनाहरु सुपथ मूल्यमा विक्रीवितरण गर्दै आईरहेको उनले जानकारी दिए ।